उत्कृष्ट पुनरागमन जितमा फ्रान्स अब उपाधिका लागि स्पेनसँग भिड्ने

  • ५२
  • शुक्रबार, २२ आश्विन २०७८

काठमाडौं । युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ। बिहीबार राति भएको खेलमा फ्रान्सले २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै ३–२ को जित निकाल्न सफल भएको हो।

फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले १–१ गोल गरे। बेल्जियमका लागि यान्निक कारास्को र रोमेलु लुकाकुले १र१ गोल गरे।

खेलको ३७ औं मिनेटमा यान्निक र ४० औं मिनेटमा लुकाकुले गोल गर्दै पहिलो हाफमा बेल्जियमलाई २(० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा फ्रान्सले एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पुनरागमन जित निकाल्यो। एम्बाप्पेले १ गोल र १ पास मिलाए।

एम्बाप्पेको पासमा बेन्जेमाले ६२ औं, एम्बाप्पेले ६९ औं र थियोले ९० औं मिनेटमा गोल गरेका थिए। अब उपाधिका लागि फ्रान्सले स्पेनसँग खेल्नेछ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.