नेप्सेमा पुनः १८.५३ अंकको गिरावट

  • ६०
  • आइतबार, २४ आश्विन २०७८


काठमाडौं । गत साता दुई कारोबारका दिन निरन्तर वृद्धि भएको नेप्से सूचक आइतबार भने पुनः घटेको छ। यसदिन सुरुवातमै बढेर २७१८ अंक पुगेको बजार त्यसपछि निरन्तर नै घटेर बन्द भएको हो।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से सूचक १८.५३ अंकले घटेको छ। यससँगै आइतबार नेप्से सूचक घटेर २६६२.५८ बिन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स पनि ४.९६ अंकले घटेको छ। आइतबार सेन्सेटिभ इन्डेक्स घटेर ४९९.७८ बिन्दुमा झरेको नेप्सेले देखाएको हो।

गत साता निरन्तर दुइ दिन बढेको बजारमा लगानीकर्ताले मौका छोपेर प्रोफिट बुक गर्नेतर्फ लाग्दा बजार पुनः ओरालो लागेको विज्ञहरुको ठम्याई छ।

यस दिन २२० कम्पनीको कुल ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार रुपैयाँ बराबरको ७२ लाख ५१ हजार कित्ता सेयर सेयर खरिदबिक्री भएको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.