घट्यो सुनको मूल्य

  • ८५
  • सोमबार, २५ आश्विन २०७८

 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सयले घटेर ९० हजार ६०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५० मा कारोबार भइरहेको छ। आइतबार प्रतितोला रु ९० हजार २५० मा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा रु पाँचले बढेको छ। चाँदी आइतबार प्रतितोला रु १ हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु १ हजार १८० मा कारोबार भइरहेको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.