भक्तपुरमा खँ म्ये लाई जिउभरी सिन्दुर दलेर ब्रम्हायनी पुर्यायो

  • ३१६
  • बिहीवार, २८ आश्विन २०७८


भक्तपुर । भक्तपुरमा आज खँ : म्ये अर्था त राँगो दौडाएर जात्रा सम्पन्न भएको छ । आज दिउसो ३ ः ३० वजे नवदुर्गा देव गृहवाट खँ : म्ये लाई स्वयम सेवक परिचालन गरि निकालिएको थियो ।
प्रत्यक बर्ष भक्तपुरको ग :छेँ स्थित नवदुर्गा देव गृहवाट वाजागाजा सहित स्थानियहरुले राँगोको जिउँमा सिन्दुर दलेर दाडाएर जात्रा गर्ने गरिन्छ ।

यस बर्ष कोरोना माहामारी जोखिमका कारण यस बर्षको दशैं अवधी भर तलेजु मन्दिरमा पशु बलीमा रोक लगाएको भक्तपुर नगरपालिले खँ : म्ये जात्रामा भने दिउँसो नै सम्पन्न गरेको छ । जात्रामा भिडभाड कम गर्न जनप्रतिनिधिको सहभागितामा स्वयम सेवक परिचालन नवदुर्गा देव गृहवाट सकोलान, दत्तात्रय, च्याम्हसिंह हुदै ब्रम्हायनी मन्दिर सम्म खँ :म्येलाई दौडाएर लगेको थियो । महिसाशुर दैत्यको प्रतिकको रुपमा खँ म्येलाई ब्रम्हायनी मन्दिर पुर्याएर आज मध्ये राती नवदुर्गा देवगणले बली दिने प्रचलन छ । खँ : म्येको मासु भने प्रसादको रुपमा लक्ष्मी पुजाको साँझ घरघरमा घुप बनाई बाल्ने चलन छ । खँ : म्ये जात्रा गरेको भोली पल्ट आर्थत विजाय दशमीको दिन विहान देखि नै ब्रम्हायनी मन्दिरमा मेला लाग्ने गर्छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.