जापानमा रेलभित्र अन्धाधुन्ध चक्कु आक्रमण, १७ यात्रु घाइते

  • २२६
  • सोमबार, १५ कार्तिक २०७८


टोकियो । जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्ध चक्कु आक्रमण गरेका छन्। चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन्। आक्रमणपछि आक्रमणकारीले तेल खन्याएर आगो लगाएका थिए।

आक्रमणपछि यात्रुहरुको भागदौड मच्चिएको थियो। आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए। सामुहिक नरसंहार गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान सुरु भएको छ।

चक्कु आक्रमणका परी घाइते भएका एकजनाको अवस्था गम्भीर छ। कोयुरो स्टेशननजिकको रेलभित्र आक्रमण भएको टोकियो प्रहरीले जनाएको छ।

रेलमा आगो लाग्न थालेपछि तत्कालै अग्नि नियन्त्रक, प्रहरी अधिकारीले यात्रुहरुको उद्धार गरेका थिए। एक यात्रु शरीरमा लागेको आगोसहित रेलबाटबाहिर दौडिएका थिए।

आक्रमणकारीले प्याजी रंगको सुट र हरियो कमिज लगाएका थिए। सुरुमा उनी भलाद्मी बनेर एउटा खाली सिटमा बसेका थिए।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.