थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ को मृत्यु

  • १५९
  • मंगलवार, १६ कार्तिक २०७८


काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ जनाको पीसीआर परीक्षणबाट ४२२ जना र ३ हजार १७२ जनाको एन्टिजेन परीक्षणबाट ४७ जना गरी कूल ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना पोजेटिभ हुनेको संख्या पीसीआरबाट ८ लाख १३ हजार ४३३ जना र एन्टीजेनबाट ९४ हजार ६७४ जना गरी कूल ९ लाख ८ हजार १०७ जना रहेका छन् । त्यसमध्ये डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ९२ हजार ८३२ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४२७ जना पुगेको छ । यसैगरी, ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्ममा कोभिड–१९ विरुद्धको खोप पहिलो मात्रा लगाउनेको संख्या ८६ लाख ७९ हजार १९८ जना र दोस्रो मात्रा लगाउनेको संख्या ७३ लाख २४ हजार ९२९ जना रहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.