रोम्बस स्कुलमा सप्ताहव्यापि खेलकुद प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • १४५
  • बुधबार, १७ कार्तिक २०७८


भक्तपुर । नेपाल सम्बत ११४२ र तिहारको उपलक्ष्यमा रोम्बस सेकेण्डरी स्कूलको आयोजनमा सप्ताहव्यापि खेलकुद प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा बुधबार विद्यालयको प्राङ्गणमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण प्रजापतिले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दे विद्यार्थीहरुलाई प्रभावकारी शिक्षा दिन अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकोले अभिभावक शिक्षा आवश्यक भएको बताउँदै अध्ययनको लागि विद्यार्थीहरुको आवश्यकता, पढ्ने वातावरण र घरायसी वतावरण लगायतले प्रभाव पार्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि अभिभावक, विद्यालय र शिक्षक शिक्षिकाको भुमिका महत्वपूर्ण हुने बताउँदै अहिलेका शिक्षा मन्त्रीलाई विद्यालय संचालनमा देखिएको समस्या, शिक्षकहरुको तलबको समस्या र अभिभावकहरुको शुल्कको समस्या सबै अभिभावकहरुमै आएर गुनासो गर्ने वा ठोकिने भएकोले यस सम्बन्धि नीति नियम र कानुन बनाउन सरोकारहरु आवश्यक रहेको बताउनु भयो ।

उहाँले विद्यार्थीहरु विद्यालय छोडेर जाँड रक्सि र दुव्र्यसनिजस्ता कुलतमा फसिरहेकोले त्यसबाट जोगाउने खेलकुद आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले वातावरण प्रदुषण र पृथ्वीमा तापक्रम बृद्धिबारे संयुक्त राष्ट्रसंघको महासभामा छलफल भई रहेकोले वातावरणसंग अनुकुलन हुन नसके जीवन पनि समाप्त हुन सक्ने भएकोले खेलकुद र करसरले हाम्रो शरीरलाई अनुकुलन बनाउन सहयोग पुग्ने र शारीरिक व्यायामको कमिले सडक खाना, मिसावट र चिल्लोले दीर्घ रोगहरु क्यान्सर, मुटु रोग र मृगौला जस्ता उपचार एकदम मंहगो रोग लाग्न सक्ने भएकोले खेलकुदलाई जीवनको अभिन्न अंंगको रुपमा लानु पर्ने बताउनुभयो । उहाँले र विश्वभरि फैलिएको कोभिड १९ प्रतिरोधात्मक क्षमता नभएपछि लाग्ने भएकोले प्रतिरोधात्मक क्षमता बढाउन खेलकुद आवश्यक रहेको साथै अनुशासनको लागि समेत खेलकुद आवश्यक रहको बताउनु भयो । उहाँले विजय हासिल गर्ने

विद्यार्थीहरुलाई बधाई दिंदै असफलता नै सफलताको चिन्ह हो भने झै सम्पूर्ण खेलाडीलाई फेरी सफलताको लागि शुभकामना दिनु भयो । उहाँले नर्याँ बर्ष ११४२ न्हुँद र तिहारको सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना गर्नु भयो । कार्यक्रममा अतिथि महेन्द्र ग्रामका पूर्व प्रध्यानाध्यापक रामशरण कार्कीले विद्यालयले सन्तानले पाउने माया प्रदान गरेको र विद्यार्थीहरुलाई रुचि बढाउन खेलकुद कार्यक्रम गर्नु भएकोमा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम विद्यालयका प्रिन्सिपल डा.राजेन्द्र कोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहयक प्रिन्सिपल पुनम राणा, अतिथि खेलकुद प्रशिक्षक युनिक कोजू पनि बोल्नु भएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.