भक्तपुर । सेवा निवृत शिक्षक समाज भक्तपुरबाट प्रकाशित शैक्षिक अनुभबको नवौं अंक बुधबार एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ । संघीय साँंसद प्रेम सुवालले नयाँं अंक सार्वजनिक गरेका हुन् ।
हामी अझै सवल छौं भन्ने नारा तय गरी संगठित सदस्यहरुको संस्था हो सेवा निबृत समाज । यसमा जीवनभर शिक्षण पेशामा आवद्ध रही निवृत भएका शिक्षकशिक्षिकाहरु मात्रै सदस्य रहेका छन् । समाजले विभिन्न गतिविधिहरु निरन्तर गर्नुका साथै नियमित रुपमा पुस्तक पनि प्रकाशित गरिराख्दै आएको छ ।
प्रकाशित पुस्तक एक सय १५ पृष्ठको रहेको छ । पुस्तकमा २० वटा आलेखहरु रहेका छन् । विशेष गरेर निवृत भएका शिक्षकहरुको आआफनो अनुभब पुस्तकमा रहेको छ । पुस्तकको प्रकाशन सेवा निबृत समाजको रहेको छ । पुस्तकको मूल्य व्यक्तिगत एक सय ५० र संस्थागत दुई सय रुपैयाँं तोकिएको छ ।
कार्यक्रममा सांसद सुवालले सेवा निबृद्ध शिक्षकका अनुभब देशको सम्पति रहेको बताए । उनले यस्ता सम्पतिलाई राज्यले संरक्षण गर्नुपर्नमो विशेष जोड दिए । कार्यक्रममा समाजका सल्लाहकार बालमुकुन्द वासुकला, अध्यक्ष अम्विकामान मानन्धर, उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां, सदस्य तुल्सीराम ग्वाछालगायतले हामी अझै सवल छौ भन्ने नारालाई सावित गर्न आफूहरु निरन्तर समाजको लागि क्रियाशिल रहेको बताए ।