आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नराम्रो काम गरेमा तत्काल कारवाही :नेपाल

  • ९०
  • बिहीवार, १८ कार्तिक २०७८

भक्तपुरः नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकिएअनुसार कै समयमा हुने बताएका छन् ।

मध्यपुर थिमिमा आज भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले कसैले चाहँदैमा अर्ली इलेक्सन नहुने भन्दै संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताएका हुन् ।

 

उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन र टुटाउन नसक्ने कुरामा जोड दिए ।

नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकार गुमाउनु परेको बताए । उनले भने, बामपन्थीहरुको दुईतिहाईको केन्द्रीय सरकार र प्रदेश सरकार ओलीको कारण गुमाउनु परेको हो ।

उनले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिपणी गरे । एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निस्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाइ छ ।

नेपालले केन्द्रको निर्वाचन संविधानमा तोकिएबमोजिम नै हुने र त्यस निर्वाचनमामा पनि गठबन्धन बनाएर अघि बढ्ने बताए ।

ओली जस्तै काम नगर्ने र गफ मात्रै दिने पार्टी आफ्नो नभएको भन्दै उनले एमाले पार्टीमा रहेका असन्तुष्टिहरुलाई आफ्ना पार्टीमा फर्किएर आए स्वागत गर्ने बताए ।

नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नराम्रो काम गरेमा तत्काल कारवाही गरी मन्त्री पदबाट हटाउने बताए ।

उनले आगामी निर्वाचनमा आफूहरुलाई इश्र्या गर्नेहरुको हालत खत्तम हुने बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.