गगनलाई ओलीको प्रश्‍न-‘एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगो कांग्रेस कहाँ गयो’

  • ९८
  • शुक्रबार, १९ कार्तिक २०७८


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताएका हुन् । उनले नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न चुनौती दिए ।

कांग्रेस नेता थापाले केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट एमाले ुक्लिन स्विपु गर्ने कुराको उत्तर दिँदै अध्यक्ष ओलीले कांग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गरे । उनले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा १ एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगो कांग्रेस कहाँ गयो, भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरुका, म त्यसमा अरु केही भन्न चाहन्न ।’ कान्तिपुर

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.