भक्तपुरमा राष्ट्रिय जनगणना २०७८ नेमकिपाका अध्यक्ष विजुक्छेंको परिवारबाट सुरु

  • ९२
  • बिहीवार, २५ कार्तिक २०७८


भक्तपुर । राष्ट्रिय जनगणना २०७८ कार्यक्रम अन्तर्गत मुख्य गणना कार्य मिति २०७८ कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म देशैभरी आरम्भ भएको छ । सोही क्रममा भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को घरपरिवारबाट शुभारम्भ भयो । स्थानीय जनगणना अधिकारी तुल्सीदेवी कोजूले अध्यक्ष विजुक्छेंको घरपरिवारको विवरण संकलन गरी जनगणनाको आरम्भ गर्नुभएको हो ।

कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै अध्यक्ष विजुक्छेंले राष्ट्रिय स्तरका राजनीतिक नेताहरु, राष्ट्र प्रमुख, सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको व्यक्तिगत विवरण र भौतिक विवरण राष्ट्रिय सुरक्षासँग समेत गाँसिएको विषय हुने भएकोले निजहरुको विवरणको गोप्यताको महत्वबारे केन्द्रिय तथ्यांक विभाग संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता तथ्य र तथ्यांक संकलन कार्य देशकै स्रोत र साधनबाट सम्पन्न गर्नुपर्ने र विदेशी सहयोगबाट यस्ता कार्यक्रम सञ्चालन गर्दा महत्वपूर्ण सूचनाहरु चुहावट भई देशलाई दीर्घकालीन नकारात्मक असर पर्न सक्ने हुँदा सो विषयमा सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष विजुक्छेंको घरपरिवारको जनगणना संकलन पछि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको घरपरिवारको पनि जनगणना संकलन गरिएको थियो । जनगणना गर्ने गणकहरुलाई विवरणहरु उपलब्ध गराउँदै नगर प्रमुख प्रजापतिले यस्तो आवधिक जनगणना देशको योजना तयार पार्न, प्रदेश र संघीय संसदमा समानुपातिक प्रतिनिधित्व गराउन, भौतिक पूर्वाधार निर्माण गर्न र अत्यावश्यक सेवा सुविधा विस्तार गर्न अत्यन्त महत्वपूर्ण हुने भएकोले सम्पूर्ण नगरबासीहरुलाई घर घरमा आउने गणकहरुलाई सही, सत्य र तथ्य विवरणहरु उपलब्ध गराउनुहुन आग्रह गर्नुभयो । जनगणना संकलन गर्ने कार्यक्रममा जिल्ला जनगणना अधिकारी पृथ्वी विजयराज सिजापतिलगायत जिल्ला जनगणना कार्यालयका कर्मचारी तथा गणकहरुको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.