अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश

  • १०३
  • बुधबार, १ मंसिर २०७८


काठमाडौं । अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ। परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो।

तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ। विश्वको कूल सम्पत्तिको एक तिहाइ सम्पत्ति चीनको रहेको छ।

पछिल्लो २० वर्षमा विश्वको कूल सम्पत्ति पनि तीन गुणाले बढेको छ। सन् २००० मा विश्वको सम्पत्ति १५६ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा ५१४ ट्रिलियन डलर पुगेको हो।

चीन विश्व व्यापार संगठन ९डब्लूटीओ० को सदस्य हुनुभन्दा एक वर्ष अगाडिदेखिको तथ्यांक सार्वजनिक गरिएको हो। चीन २००१ को ११ डिसेम्बरमा डब्लूटीओको सदस्य भएको थियो। डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीव्र विकास भएको विज्ञहरुले बताउँदै आएका थिए।

अमेरिकामा पछिल्लो दुई दशकको अवधिमा देशको कूल सम्पत्ति ९० ट्रिलियन डलर बढेको छ। विश्वकै ठूला अर्थतन्त्र भएका अमेरिका र चीन दुवै देशमा दुई तिहाइभन्दा बढी सम्पत्ति १० प्रतिशत मानिससँग मात्र छ।

म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो। यी देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन्।

चीन र अमेरिकाबाहेक रिपोर्टमा जर्मनी, फ्रान्स, बेलायत, जापान, स्वीडेन, मेक्सिको र अस्ट्रेलियालाई समावेश गरिएको छ। रिपोर्टअनुसार विश्वको कूल सम्पत्तिको करिब ६८ प्रतिशत सम्पत्ति घर जग्गा क्षेत्रमा लगानी भएको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.