ल्याय्म्ह साकोसको १३ लाख ८५ हजार सञ्चालन नाफा

  • २२
  • शनिबार, ४ मंसिर २०७८

 

मध्यपुर थिमि । ‘सुरक्षित बचत उचित प्रतिफल’ भन्ने मूल नाराका साथ सञ्चालित ल्याय्म्ह बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिले आर्थिक बर्ष २०७७÷७८ मा १३ लाख ८५ हजार ८ सय ५८ रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ । संस्थाको मंसिर ४ गते शनिवार सम्पन्न १४ औं बार्षिक साधारण सभामा सो कुराको जानकारी दिनुभएको हो ।

संस्थाको कार्यालय बाहाखा बजारमा आयोजित उक्त सभा संस्थाका अध्यक्ष विनोद बज्राचार्यले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड—१९ का कारण विश्वकै अर्थतन्त्रमा नराम्रोसँग असर गरेसँगै सहकारी क्षेत्रमा पनि प्रभावित बन्न पुगेको बताउनुभयो ।

कोभिडबाट सिर्जित अन्यौलताले गर्दा आम मानिसहरुमा एक प्रकारको भय उत्पन्न भई अहिले लगानी बिस्तार गर्नु भन्दा, भएको बचतलाई जोेहो गर्ने बेला भएको भन्ने महसुस गर्दै सबैले बित्तिय संस्थाहरुमा बचत गर्दा लगानी योग्य निक्षेपको चाप बढ्न गएको उल्लेख गर्दै अध्यक्ष बज्राचार्यले कोभिडले निम्त्याएको परिस्थितिले गर्दा लगानीको वातावरण खल्बलिन गई संस्थाका शेयरसदस्यहरुले पनि लगानी बिस्तारको नयाँ लगानी अहिलेको परिस्थितिमा जोखिम रहेकोले आफ्ना लगानीका योजनाहरुलाई स्थगित गर्न र ऋण लिएका ऋणी सदस्यहरुले पनि ऋण चुक्ता गरी दिनाले अरु बित्तिय संस्थाहरुमा जस्तै सहकारीे संस्थामा पनि निक्षेपको चाप बढ्न गएको बताउनुभयो ।

सभामा आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाका कोषाध्यक्ष प्रद्युम्नहरी श्रेष्ठले संस्थामा आव २०७७÷७८ को अन्तसम्ममा १ सय ९७ जना शेयर सदस्यहरुबाट ५८ लाख ९ हजार ९ सय रुपैयाँ शेयरपुँजी संकलन गरेको जानकारी दिदैं सोही अवधिमा विभिन्न बचत शिर्षकका खाताहरुबाट ६ करोड ८ लाख ७८ हजार ४७ रुपयाँ निक्षेप संकलन गरी ५ करोड ५० लाख २३ हजार ४ सय ८८ रुपैयाँ ऋण लगानी गर्न सफल भएको बताउनुभयो ।

सभामा संस्थाका सचिव रमेश श्रेष्ठले संस्थाले सोही अवधिमा भएगरेका विभिन्न सामाजिक गतिविधिहरुको प्रगतिप्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष जुलुमबहादुर श्रेष्ठ, लेखासुपरिवेक्षण समितिका संयोजक धर्मसुन्दर बज्राचार्य, निवर्तमान अध्यक्ष रामकाजी श्रेष्ठलगायतका व्यक्तिहरुले सहकारीको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । संस्थासँग आवको अन्तसम्ममा ७ करोड २९ लाख २८ हजार ३७ रुपैयाँ सम्पत्ति दायित्व हिसाव रहेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.