भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय भक्तपुर बीच छलफल

  • १०५
  • आइतबार, ५ मंसिर २०७८


भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरको नेतृत्वमा पदाधिकारी सम्मिलित एक टोली र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत  तारा प्रसाद भुसाल तथा अन्य कर अधिकृतहरुको सहभागितामा उद्यमी व्यवसायीहरुको लागि कर सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने विषयमा छलफल भयो ।

सोही अवसरमा हालै सरुवा भई आउनु भएका प्रमुख कर अधिकृत भुसाललाई भक्तपुर जिल्लामा स्वागत गर्दै अध्यक्ष मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुलाई कर प्रति त्रसित होइन आकर्षित तुल्याउनु पर्नेमा जोड दिनुभयो । यसका लागि आन्तरिक राजस्व कार्यालय सित मिलेर संघले करदाता जागरण कार्यक्रमहरुको आयोजना गर्दै जाने बिचार व्यक्त गर्नु भयो ।

प्रमुख कर अधिकृत तारा प्रसाद भुसालले करबारे शिक्षा दिने कुरामा विशेष ध्यान दिएर कार्यक्रमहरु तजुमा गर्दै जाने विश्वास दिलाउँदै विगत माझै आफ्नो कार्यकालमा पनि स्थानीय उद्योग वाणिज्य संघ सित सहकार्य गर्दै अघि बढने बताउनु भयो ।
उक्त अवसरमा अध्यक्ष शिव प्रसाद मानन्धरले संघको प्रकाशन स्मारिका र किट ब्याग प्रमुख कर अधिकृत भुसाललाई दिनु भएको थियो । संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जा, बस्तुगत तर्फका उपाध्यक्ष राजेन्द्र प्रसाद प्रजापति, एसोसियट उपाध्यक्ष गणेश हरी प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कोषाध्यक्ष सचिन्द्र प्रधानाङ्गको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.