एजेन्सी । हर मानिसले आफ्नो जीवन चलाउनका लागि पैसा कमाउने गर्छ। पैसा कमाउनुका साथ साथ त्यसलाई बचाउन पनि आवश्यक छ।तपाई कडा मेहनत गरेर राम्रो पैसा त कमाउनुहुन्छ । तर कयौँ पटक त्यसलाई बचाउन पाउनुहुन्न । यसको कारण यो हुँदैन की तपाई आफ्नो खर्चमा नियन्त्रण राख्न चाहनुहुन्न । तर कयौँ पटक यसका पछाडि तपाईको राशि पनि जिम्मेवार हुने गर्छ।
ज्योतिषशास्त्रका अनुसार मानिसको राशिबाट उसका धेरै व्यवहारका बारेमा पत्ता लगाउन सकिन्छ। आज हामी तपाईलाई पैसा बचाउने र खर्च गर्ने राशिका बारेमा जानकारी दिदैछौँ ।
कुन कुन हुन् त ती राशि मेष राशिस्यस राशिका व्यक्ति पैसा खर्च गर्नुभन्दा पनि बचाउनेमा विश्वास राख्ने गर्छन्। यिनीहरु आफ्नो शिक्षा, परिवार र रिटायरमेन्टका लागि पनि बचत गर्न चाहन्छन्। यिनीहरु अति महत्वपूर्ण चिजमा मात्रै पैसा खर्च गर्न रुचाउँछन्। वृष राशिस्वृष राशिका व्यक्ति सबैभन्दा धेरै आर्थिक रुपमा सक्षम हुने गर्छन्। यिनीहरु पैसा कमाउनुका साथसाथ खर्च पनि गर्ने गर्छन्।
मिथुन राशिस्मिथुन राशिका व्यक्ति पैसाका मामिलामा दुई तर्फी व्यवहार देखाउने गर्छन्। यिनीहरु खुसी हुँदा गतल ठाउँमा पनि पैसा खर्च गर्ने गर्छन्। कयौँ पटक नसोचेर पैसा खर्च गरेका कारण यिनीहरु पछुताउनु पर्ने हुनसक्छ।कर्कट राशिस्कर्कट राशिका व्यक्ति पैसा खर्च गर्नमा निकै सतर्क हुने गर्छन्। यिनीहरु लामो समय सोच विचार गरेर मात्र पैसा खर्च गर्छन्। तर मुड खराब हुँदा यिनीहरु आफुलाई खुसी राख्नका लागि जो पनि गर्न तयार हुन्छन्।
सिंह राशिस्सिंह राशिका व्यक्ति खर्च गर्नमा सावधान हुने गर्छन्। यी राशिका व्यक्ति एक अर्कालाई उपचार दिन मन पराउछन्। यिनीहरु सस्तो खाले चिज किन्नु भन्दा पनि ब्राण्डेट चिज किन्न रुचाउछन्।कन्या राशिस्कन्या राशिका व्यक्ति निकै व्यवहारिक हुने गर्छन्। यिनीहरु चिजलाई कसरी सन्तुलन राख्ने भन्नेमा अभ्यस्त हुन्छन्। यिनीहरुलाई कहिले कहाँ पैसा खर्च गर्ने भन्ने बारे राम्रो ज्ञान हुने गर्छ।
तुला राशिस्तुला राशिका व्यक्ति व्यवहारमा निकै उदार हुने गर्छन्। यिनीहरु आफ्नो पैसाको हिसाब राख्ने त गर्छन्। तर आवश्यक पर्दा खर्च पनि गर्ने गर्छन्। यी राशिका व्यक्ति महिनाको अन्तमा निकै निरास हुने गर्छन्। कसैलाई सहयोग गर्न वा मनोरञ्जनमा पैसा खर्च गर्दा यिनीहरु निकै खुसी हुने गर्छन्।वृश्चिक राशिस्वृश्चिक राशिका व्यक्ति आफ्नो काम प्रति निकै इमान्दार हुने गर्छन्। यिनीहरु पैसाको मामिलामा निकै व्यवहारिक हुने गर्छन्। यिनीहरु कसैलाई दिएको पैसा फिर्ता लिनमा कहिलै हिचकिचाउँदैनन्।
धनु राशिस्धनु राशिका व्यक्ति निकै मेहनती हुने गर्छन्। यिनीहरुलाई पैसा कमाउन त्यति मुस्किल हुँदैन्। यिनीहरु मनोरञ्जनयुक्त काममा पैसा खर्च गर्न पछि हट्दैनन्।मकर राशिस्मकर राशिका व्यक्तिले पैसाको महत्प निकै राम्रोसँग बुझेका हुन्छन्। यिनीहरु फाल्नु खर्च गर्न रुचाउँदैनन्। यिनीहरु आफ्नो भविष्यप्रति लगनशील हुने गर्छन्। र आफ्नो लक्ष्य पूरा गर्न निकै कडा मेहनत पनि गर्छन्।
कुम्भ राशिस्कुम्भ राशिका व्यक्ति पैसाको चिन्ता नगरीकनै पैसा खर्च गर्छन्। यी राशिका व्यक्ति आफ्नो बचतप्रति खासै ध्यान दिदैनन्। उच्च क्वालिटीको चिज खरिदका लागि निकै पैसा खर्च गर्ने गर्छन्। मीन राशिस्मीन राशिका व्यक्ति निस्वार्थ मानिसको सहयोग गर्नमा विश्वास राख्ने गर्छन्। यिनीहरु अरुको सहयोगका लागि आफ्नो पैसा खर्च गर्न पनि पछि हट्दैनन्।