भक्तपुर चेम्बरको सेवा सुविधा सम्बन्धमा अभिमुखीकरण कार्यक्रम

  • १००
  • मंगलवार, ७ मंसिर २०७८


भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्शले आफ्ना सदस्यहरुका लागि संस्थाले दिने सेवा सुविधाहरुका सम्बन्धमा मिति २०७८ मंसिर ६ गते चेम्बर सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्याे । मध्यपुरथिमि स्थित यचु पार्टी भेन्यूमा आयोजना भएको उक्त कार्यक्रममा भक्तपुर चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य, नगर चेम्बरहरुका पदाधिकारीहरु, साधारण सदस्यहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागीहरुलाई स्वागत गर्नुहुंदै भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले संस्थाले प्रदान गर्ने सेवा सुविधाका सम्बन्धमा सदस्यहरुलाई अभिमुख गराउनु संस्थाको पहिलो दायित्व भएको बताउनु भयो । यसै गरी वहांले मौजूदा अवस्थामा चेम्बर प्रतिको अपेक्षा केवल सदस्यहरुबाट मात्र नभई गैर सदस्यहरु, सरकारी तथा स्थानीय निकायहरु र सामाजिक क्ष्ँेत्रबाट समेत हुन थालेको बताउनु भयो । साथै उनले व्यवसायिक समस्या र चुनौतीहरुसंग सामना गर्ने काम चेम्बरले गर्दै आएको र समूहमा लगानीका लागि सदस्यहरुलाई उत्प्रेरित गर्दै आएको बताउनु भयो ।
सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य श्री रोशन भोयद्योले उद्यमी व्यवसायीहरुको हक हित संरक्षण गर्ने, व्यवसाय प्रवद्र्धन गर्ने लगायत सरकारी तथा स्थानीय निकायहरुसंग सम्बन्ध अभिवृद्धि गर्दै जाने कार्य चेम्बर अफ कमर्शले गर्नु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिनुहुंदै भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष श्री कवि दास धौबजी श्रेष्ठले आर्थिक विषयसंग सम्बन्धित राज्यको ऐन, नियम कानून लगायत योजना तथा कार्यक्रमहरुको विश्लेषण गरी आफ्नो प्रतिक्रिया सुझाव पेश गर्ने, व्यवसायिक तथ्यांक र सूचनाहरु संकलन गर्ने, सोधकार्य गर्ने र तत्तसम्बन्धी विषयहरुको पुस्तक, पत्रपत्रिका प्रकाशन र प्रचार प्रसार गर्ने लगायत व्यवसायिक विवादको मध्यस्थता गर्ने आदि कामहरु भक्तपुर चेम्बर अफ कमर्शले गरिरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शले प्रदान गर्ने सेवा सुविधाहरुका सम्बन्धमा भक्तपुर चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत श्री राजु मान बज्रँचार्यले प्रस्तुतीकरण गर्नुभएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.