चाँगुनारायणमा ५ फिट ६ ईन्चको मानव कंकाल फेला

  • ९४
  • मंगलवार, ७ मंसिर २०७८

भक्तपुर । भक्तपुरको चाँगुनारायणमा कंकाल फेला परेको प्रहरीले जनाएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित ठुलोपाखा सामुदायिक बनमा मानवको जस्तो देखिने कंकाल फेला परेको महानगरीय प्रहरी वृत्त जगाती जनाएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले उक्त बन भित्र रहेको ३ फिट गोलाई भएको लप्सीको रुखको फेद नजिकै ५ फिट ६ ईन्चको मानव कंकाल फेला परेको जानकारी गराए। भक्तपुरबाट प्रहरी निरीक्षक सुर्य बहादुर शाही लगायत बिशेषज्ञ डा.समेतको टोली घटनास्थल खटि घटनास्थलसहितको लाश जाँच मुचुल्का कार्य गर्ने क्रममा उल्लेखित लप्सीको रुखको हाँगामा जुटको डोरीको पासो चुडिएको अवस्थामा रहेको जनाए।

रुखको फेदमा एच पी इन्भेन्ट लेखेको कालो रंगको झोला फेला परेको, झोलासंगै नाम्लोको फिता रहेको, उक्त झोला भित्र चेक सर्ट थान १, चोया काट्ने कर्द (चक्कु), प्लाष्टिकको फिता, वाँसको चोया, प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा रुद्धाक्ष, दाँत माझ्ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, १ जोर अं. ४० नम्बरको खरानी रंगको गोल्ड स्टार जुत्ता, सुप्रिम लेखेको सेतो टिर्सट, गोल्ड ओरिजिनल लेखेको कालो ज्याकेट र खैरो रंगको पाईन्ट रहेको, पाईन्टको दाहिने गोजीमा लाईटर फेला परेको हुँदा सुरक्षित साथ सबुद प्रमाण संकलन गरी कंकाल पोष्टमार्टमको लागि के.एम.सि. अस्पताल दुवाकोट भक्तपुर पठाई घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाए।

यस प्रकारको हुलिया तथा कपडा लगाएको मानिस हराएको भएमा यसै सूचनालाई आधार मानी निम्न मोबाइल नम्बरमा सम्पर्क गरी प्रहरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध गरेका छन्। महानगरीय प्रहरी परिसर, भक्तपुर (संचार शाखा) – ९८५१२९३१५०, ९८५१२९०९७६, महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर – प्र.ना.उ. राम बहादुर के.सी. –९८५१२८८६३३, महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर (डि.अ.) – ९८५१२८३०२८ सम्र्पक नम्बर दिइएका छन्।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.