नेप्से परिसूचक घट्दा सेन्सेटिभ बढ्यो स् लगानीकर्ता पर्ख र हेरको अवस्थामा

  • ९३
  • बिहीवार, ९ मंसिर २०७८


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक घट्दा पनि सेन्सेटिभ परिसूचक भने झिनो अंकले बढेको छ ।

अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् । अहिलेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेको छ । मौद्रिक नीतिको समिक्षामा के होला भन्ने लगानीकर्ताहरूमा त्रास बढेको छ । केही सञ्चार माध्यमहरूले सेयर धितो कर्जामा लगाइएको ४र१२ को सीमा परिमार्जन हुन्छ भन्दै समाचार प्रकाशन गरिरहेका छन् केही सञ्चार माध्यमहरूको यो नीति परिमार्जन हुन सम्भव छैन भन्दै समाचार प्रकाशन गरेका छन् । यस्तो अवस्थामा लगानीकर्ताहरूलाई केही कदम चाल्नु भन्दा पर्खनु नै उपयुक्त लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३।२२ अंकले घटेर २७३१।७८ विन्दुमा पुगेको छ । नेप्से ०।१२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ०।४५ अंकले बढेर ५१५।६४ विन्दुमा पुगेको छ ।


कूल २३३ वटा कम्पनीको ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.