पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प, १० घाइते

  • १२७
  • सोमबार, १३ मंसिर २०७८


लिमा । उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसूस गरिएको थियो । छिमेकी मुलुक इक्वेडरमा पनि यस भूकम्पबाट क्षति भएको समाचारमा जनाइएको छ

यस भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर ९८१ माइल० गहिराइमा गएको थियो । यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो ।

दश लाख जनसङ्ख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महसूस गरिएको थियो । पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० भूकम्पले हल्लिन्छ, किनकी यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन । पेरुमा सन् २००७ अगस्त १५ मा गएको ७।९ म्याग्नीच्युडको कारण ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । (रासस÷एएफपी)

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.