गुल्मी अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै खिया

  • ९२
  • आइतबार, १९ मंसिर २०७८


गुल्मी । गुल्मी अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै खिया लाग्न थालेको छ । तम्घासस्थित गुल्मी अस्पतालमा जडानका लागि ल्याइएको अक्सिजन प्लान्टका विभिन्न सामग्रीहरुमा खिया लाग्न थालेका हुन् ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी अस्पतालमै अक्सिजन उत्पादन गर्ने उदेश्यका साथ प्लान्ट निर्माणको कार्य अघि बढाइएको थियो । वर्षातको पानीले भिज्न पुग्दा अक्सिजन प्लान्ट जडानका लागि ल्याइएको सामग्रीमा खिया लागेको छ ।

अक्सिजन प्लान्ट राख्ने भवन गत भदौमा सम्पन्न हुनपर्नेमा अझैसम्म सम्पन्न हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए । गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा अक्सिजन प्लान्ट राख्ने भवन बनाउने जिम्मा लिएको थियो । तर समयमै काम नसक्दा प्लान्टका मेसिनहरुमा खिया लाग्न थालेको पाण्डेले बताए । अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामग्रीहरु आएको उनले बताए । खिया लागेका कारण मेसिनले काम नगर्ने हो कि भन्ने चिन्ता बढाएको अध्यक्ष पाण्डेको भनाइ छ ।

गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले भने भवन निर्माणको काम महासंघले छिटो सक्ने बताए । उनले अब बाँकीरहेको काम अस्पताल विकास समितिले गर्नुपर्नेमा जोड दिए ।

करिब डेढ करोडको लागतमा अस्पतालमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो ।

प्लान्ट निर्माण गर्न नागरिक स्तरमा गत वैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो । अक्सिजन प्लान्ट जडानका लागि आएका सामग्री सुरक्षित तरिकाले राख्न नसक्नु दुःखद् पक्ष रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।अनलाइनखबर

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.