किन मुम्बई एयरपोर्टमा पक्राउ परिन् बलिउड नायिका ज्याकलिन ?

  • १७०
  • मंगलवार, २१ मंसिर २०७८

 

काठमाडौं । बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई मुम्बई एयरपोर्टमा पक्राउ गरिएको छ । मनी लाउन्ड्रिङ केसमा जारी गरिएको आउट लुक सर्कुलरअन्तर्गत उनलाई पक्राउ गरिएको हो । भारतीय संचारमा उल्लेख अनुसार उनलाई इन्डिया बाट बाहिर जान समेत रोक् लगाइएको छ ।

२०० करोड भारुको मनी लाउन्ड्रिङमा प्रवर्तन निर्देशालयले मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको हो ।

प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए। सुकेश अहिले पनि दिल्लीको तिहाड जेलमा छन् । इडीका अनुसार २०० करोड भारु असुली मामिलामा ज्याकलिन मुख्य साक्षी हुन् । यस मामिलामा इडीले अभिनेत्री नोरा फतेहीसँग पनि सोधपुछ गरिरहेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.