आमा बनेपछि प्रीतिको जीवनमा खुशीको बहार

  • १९०
  • बिहीवार, २३ मंसिर २०७८


एजेन्सी । बलिउड अभिनेत्री प्रीति जिन्टा अहिले आमा बनिरहेकी छिन् । नायिकाको पछिल्लो पोष्टबाट उनले आफ्नो जीवनको अधिकांश समय जुम्ल्याहा बच्चाहरुसँग बिताइरहेको देखिन्छ । अभिनेत्रीले आफ्नो बच्चाको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । प्रीति जिन्टाले आफ्नो सन्तानको झलक संसारलाई देखाएको यो पहिलो पटक हो ।

तर फोटोमा बच्चाको चित्र स्पष्ट रुपमा धेरै देखिँदैन। अभिनेत्रीले बच्चाको पछाडिको लुक सेयर गरेकी छिन् । तस्विर शेयर गर्दै प्रीति जिन्टाले लेखिन्– बर्प कपडा, डायपर र बेबी। मलाई यो सबै धेरै मन पर्छ । तस्बिरमा प्रीति जिन्टाले बच्चालाई काखमा समातेर पोज दिएकी छिन् । प्रीतिको काँधमा बर्पको कपडा राखिएको छ ।
प्रीति जिन्टाको यो फोटोमा दिया मिर्जा, पत्रलेखा, प्रियंका चोपडा, डिनोमोरियाले लगायतका सेलब्रेटीहरुले प्रतिक्रिया जनाएका छन् । कसैले हार्ट इमोजी बनाएका छन् त कसैले लभ इमोजी बनाएका छन् । प्रीतिको एक छोरा र एक छोरी छन् । छोराको नाम जय र छोरीको नाम जिया हो । गत महिना प्रिती जिन्टाले आमा बन्ने जानकारी दिएकी थिइन् ।

आमा बनेपछि प्रीतिको जीवनमा खुशीको बहार नै आएको छ । प्रीति सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्ना श्रीमान् र छोरा छोरी सँग तस्विर शेयर गरिरहेकी छिन् । प्रीतिको वर्कफ्रन्टको कुरा गर्दा उनले सन् १९९८ मा फिल्म दिल से मा काम गरेर अभिनयमा डेब्यु गरेकी थिइन्

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.