काठमाडौं । बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ। दक्षिण भारतीय सिनेमाका स्टार जुनियर एनटीआर, राम चरणसँगै बलिउडका चर्चित हस्तीहरु अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको फिल्मको ट्रेलर सार्वजनक भएको हो।
तमिल, हिन्दी, कन्नडलगायतका विभिन्न भाषामा सार्वजनिक भएको ट्रेलर एक्सनले भरिएको छ। सन् १९२० को दशकमा अंग्रेजले शासन गरिरहेको भारतमा आफ्नो देशका लडेका दुई भारतीयहरुको कथालाई देखाइएको छ। फिल्ममा दुई फरकफरक समयको कथालाई देखाइएको छ।