काठमाडौं । फिल्म ‘पुष्पा’ ले रिलिज अगावै २ सय ५० करोडको कमाइ गरेको छ । साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत उक्त फिल्मले ओटीटी र डिजिटल राइट्सबाट २ सय ५० करोड कमाएको हो । सुकुमारको निर्देशन रहेको फिल्म अमेजन प्राइम भिडियो लगायतका ओटीटी प्लेटफर्ममा रिलिज हुँदै छ भने तेलुगु भाषाको टिभी ‘स्टार मा’ मा टेलिभिजन प्रिमियर हुँदैछ ।
फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा निर्माण भएको छ । दुई पार्टमा रिलिज हुने फिल्मको दोस्रो पार्टको पनि छायांकन पूरा भइसकेको छ । फिल्मको दुई पार्टका लागि अल्लू अर्जुनले भारु ३० करोड पारिश्रमिक बुझेका छन् । फिल्ममा अल्लु र रश्मिकाको अलावा फहाद फासिल, सुनिल, राव रमेश लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । एक्सन प्रधान फिल्म डिसेम्बर १७ तारिखबाट विश्वभरका फिल्म घरमा प्रदर्शन सुरु हुनेछ ।