मालपोत तथा नापी कार्यालयमा विचौलियालाई निषेध :मन्त्री अर्याल

  • २७३
  • शुक्रबार, २९ चैत्र २०७५

भक्तपुर । भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अव को एक बर्ष भित्र मालपोत तथा नापी कार्यालयमा विचौलियालाई निषेध गर्ने दावी गरेकी छिन ।
नापी कार्यालय भक्तपुरले शूरु गरेको जेष्ठ नागरिक सहायता कक्षको उद्घाटन गर्न आईपुगेकी मन्त्री अर्यालले जनताको प्रत्यक्ष काम गर्न संस्थाले जनताको सम्पतिको सुरक्षा गर्न बिचौलियको निषेध गर्ने बताएका हुन ।
देशभरका मालपोत तथा नापी कार्यालयमा एक बर्ष भित्र नागरिक सहायता कक्ष स्थापना गरि सेवा प्रवाहलाई चुस्त बनाईने र डेढ बर्षभित्र प्रविधिमैत्री कार्यलय बनाएर स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको बताईन् ।
मालपोत र नापी कार्यालयमा ब्यापक भ्रष्टाचार हुने गरेको बताउँदै प्रविधिमैत्री कार्यालय बनाउन सकै सुशासन कायम र राजस्व बृद्धिमा सहयोग पुग्ने उनको भनाई छ ।
यि कार्यालयमा हुने गरेका भ्रष्टाचारले मन्त्रालयको नै बदनाम भएको उनको भनाई थियो ।अब देशभरका १ सय ३१ वटा मालपोत र १ सय ३१ वटै नापी कार्यालयलाई नमुना कार्यालय बनाउन लागि परेको बताउँदै कलंकी कार्यालयबाट यसको थालनी गरेको बताईन् ।
सो क्रममा उनले भक्तपुरका नापी र मालपोत कार्यालयको गतिविधिको प्रत्यक्ष अवलोकन गरी सेवा प्रवाहबारे जानकारी लिएकी थिईन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.