अन्तर विद्यालयस्तरीय फुटवल प्रतियोगिता हुने

  • १२१
  • शनिबार, ३ पौष २०७८


भक्तपुर । भक्तपुरमा दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिता हुने भएको छ । भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पुस ७ गते बुधबारदेखि पुस १४ गतेसम्म हुने जनाइएको छ ।

प्रतियोगिताका उत्कृष्ट टिमहरुलाई नगद पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले जानकारी दिए । भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको उनले जानकारी गराए । आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम वन्ने आशाका साथ प्रतियोगिता गर्न लागेको जानकारी उनले गराए । प्रतियोगिता भक्तपुरको महेश्वरी खेल मैदानमा हुने जनाइएको छ ।

स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी हुने जानकारी गराए । यस अनुसार जिल्लाका स्कुलहरुमा प्रतियोगितामा सहभागी हुन पत्र पठाइसकेको जानकारी उनले गराए । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबाट गराउने योजना रहेको उनले सुनाए । त्यसका लागि मेयरसावलाई चिठी पठाइसकेका छौं, उनले भने, उहाँंकै समय नमिलेका कारण हामीले पुस २ गते नै गर्ने योजना भएको कार्यक्रम पस ७ गतेबाट सुरु गर्ने गरी पछाडि सारेका हौ ।

प्रतियोगितामा प्रतिस्पर्धी खेलाडीहरुको खेल विमा हुने जनाइएको छ । खेलको क्रममा घाइते भएमा उनीहरुको उपचारको लागि विमा गरिएको जनाइएको हो । विमासहितका खेल हुन लागेको खुल्ला प्रतियोगिताको यो पहिलो प्रतियोगिता भएको जनाइएको छ । आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.