नगरकोट सडक समयभित्र काम सकाउने गरी लिखित प्रतिबद्धताको माग

  • २०९
  • बुधबार, ७ पौष २०७८


भक्तपुर । भक्तपुरको कमलविनायक नगरकोट सडक निर्माणमा भएको ढिलाई तथा लापरबाहीको सन्दर्भमा बुधबार भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सरोकारवाला सवैलाई निमन्त्रण गरिएको आयोजक चाँंगुनारायण नगरपालिकाले जनाएको छ । तर मुख्यगरी राजनीतिक दल नै सवै आइदिएनन् । छलफलमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल मजदुर किसान पार्टी प्रतिनिधि आए । नेपाली कांग्रेसका प्रतिनिधि आएनन् ।

छलफलमा एमालेबाट जिल्ला अध्यक्ष बचन देउजा आए । नेमकिपाबाट पार्टी जिल्ला अध्यक्ष सूर्यभक्त फोंजू आए । ढिला गरी भए पनि नेमकिपा क्षेत्र नं १ का सांसद प्रेम सुवाल संसद वसेको भएर ढिला भयो भनी ढिला आए । त्यसकारण मञ्चमा बस्ने गरी एमाले र नेमकिपाका प्रतिनिधि मात्रै आए । छलफलमा कांग्रेसबाट प्रतिनिधि आएनन् । कार्यक्रममा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु भने उपस्थित भएका थिए । चाँंगुनारायण नगरपालिका वडा नं ५ छालिंगका वडा अध्यक्ष जयन्द्र खड्का, चाँंगुनारायण नगरपालिका वडा नं २ का सदस्य सोम प्रधानलगायतका कांग्रेसीहरु सहभागीका रुपमा दर्शकदीर्घामा वस्न आएका थिए । उनीहरुले सहभागीहरुका तर्फबाट भनी सरोकारवालाहरुसँ.गै दुवैले बोले पनि । तर पार्टी प्रतिनिधिको रुपमा आएनन् ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरको तर्फबाट बागमति प्रदेशको भौतिक मन्त्री रहेका कृष्णलाल भँंडेलले मंगलबार मात्रै भौतिक मन्त्री रेणु यादवलाई नगरकोट सडकबारे ध्यानाकषर्ण गराएको जानकारी गराएको थियो । तर बुधबारको अन्तरक्रिया सहभागी भएको थिएन । यसरी सडक नबन्नुमा मिलेर नभई नेपाली कांग्रेस सरोकारवालासँंगको सर्वपक्षीय छलफलमा सहभागी नभएको भन्दै गुनासो गरिएको थियो ।

कार्यक्रममा आयोजक चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले समयभित्र काम सकाउने गरी लिखित प्रतिबद्धताको माग राखे । उनले त्यो पत्र शुक्रबारसम्म बुझाउन निर्देशन दिए । निर्देशन अनुसार काम नभए ठेक्का तोडने उनले चेतावनी दिए ।
भक्तपुरका सांसद् प्रेम सुवालले नगरकोट सडक निर्माणको ठक्का पाएको सैलुङ कन्सक्ट्रक्सन कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने माग राखे । सांसद सुवालले समयमै काम नसकेकोमा ठेकेदार कम्पनीसँंग कारबाहीस्वरुप जरिवाना लिनुपर्ने माग राखे ।
छलफलमा उनले ठूला दलको संरक्षणका कारण ठेकेदारले समयमै काम नगरेको दावी गरे । आयोजनाबाट पाउने २० प्रतिशतको रकम निर्माण कम्पनीले जग्गामा लगानी गरको चर्चा भएको भन्दै उनले काम नगर्ने कम्पनीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै दुःख साटे ।

भक्तपुरको नगरकोट सडक समयमै नबनाएको भन्दै अहिलेसम्म मन्त्रिपरिषद्बाटै सात पटक म्याद थपिसकेको छ । पछिल्लो पटक चैत ३० गतेभित्रमा सडक निर्माण सम्पन्न गराउनुपर्ने गरी म्याद थप भएको छ ।
निर्माणको ठेक्का पाएको सैलुङ कन्सक्ट्रक्सनका व्यवस्थापक अनुप अधिकारीले थप भएको म्याद चैत ३० गतेसम्म रहे पनि चैत १५ गतेभित्र नै काम सम्पन्न गरी सडक हस्तान्तरण गरिसक्ने प्रतिवद्धता जनाए । कुल १५ किलोमिटर सडकमध्ये ९ किलोमिटर सडक कालोपत्रे भइसकेको भन्दै उनले बाँंकी ६ किलोमिटर सडकमा बेस राख्नुपर्नेमा तीन किलोमिटर बेस राख्न सकाएको जनाए । बाँंकी तीन किलोकिलोमिटर सडकमा दैनिक ४० टक सामान ल्याई बेस राख्ने कामसमेत सम्पूर्ण काम सकाई समय भन्दा अगाडि नै काम सकाउने प्रतिवद्धता जनाए ।

ठेकेदार कम्पनीले प्रतिवद्धता जनाए पनि सहभागी सरोकारवालाहरुले विश्वास नलाग्ने भन्दै ठेकेदारलाई कारबाही गनुपर्ने माग राखेका थिए । पार्टी प्रतिनिधिकोतर्फबाट नेपाल कम्यनिष्ट पार्टी (एमाले) भक्तपुरका अध्यक्ष बचन देउजाले ठेकेदारले काम गर्न नसक्ने भन्दै छोडेर जान आग्रह गरे । छोडेर नगए अवको समय थप गरेको समयभित्र नसकाए काम गर्न नदिने उनले बताए । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजूले ठेकेदारले अव वढेको समयमै काम गर्न नसके जुनसुकै कारबाही भोग्न तयार छुु भनी लिखित प्रतिवद्धता व्यक्त गर्नुपर्ने माग राखेका थिए । नगरकोट सडक बनाउन आफनो पार्टीले सडक र सदनबाट संघर्ष गरिरहेको जानकारी उनले गराए । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि भने सहभागी भएका थिएनन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइन् । भक्तपुर नगरकोट सिपाघाट सडक आयोजना प्रमुख गौतम श्रेष्ठले आफू भर्खरै आयोजना प्रमुख भएर आएको जानकारी दिंदै आफूले कुनै हालतमा पनि ठेकेदारको काम सकाउने म्याद नबढाउने प्रतिवद्धता जनाए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.