वागीश्वरीमा खेलकुद प्रतियोगिता सम्पन्न

  • ११०
  • बिहीवार, ८ पौष २०७८


भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी माविको संयुक्त आयोजनामा ‘वागीश्वरी खेलकुद प्रतियोगिता– २०७८’ पुष ६ देखि ८ गतेसम्म भएको ब्याडमिन्टन र फुटसल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।

ब्याडमिन्टन प्रतियोगितामा छात्रतर्फ किरण बस्नेत, रशि बासुकला, राज श्रेष्ठ र रसेन शिलाकार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रातर्फ सिवानी नखन, सरिता सुवाल, सुमि श्रेष्ठ र सरिता मास्के क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । त्यस्तै १६ वटा टिम सहभागी रहेको फुटसल प्रतियोगितामा सुजित धितालको नेतृत्वको टिम भेरी प्रथम, निरज तामाङ नेतृत्वको टिम भादगाउ“ द्वितीय र सविन राई नेतृत्वको टिम कर्णाली तथा सविन बाला नेतृत्वको टिम सेती तृतीय हुन सफल भएका थिए ।

फुटसल प्रतियोगितामा निर्जल खत्री टप स्कोरर, नदिम भण्डारी उत्कृष्ट खेलाडी र नविन तामाङ उत्कृष्ट गोलरक्षक हुन सफल भएका थिए । उत्कृष्ट तथा विजयी सम्पूर्ण खेलाडीहरुलाई कलेजका प्राचार्य धनकुमार श्रेष्ठ तथा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.