आफ्नो श्रीमतीसंग यी ५ कुराहरु भुलेरपनि पनि नगर्नुस्

  • २२९
  • सोमबार, १२ पौष २०७८


काठमाडौं । श्रीमान् श्रीमतीबिचको सम्बन्ध केवल एक सम्बन्ध मात्र नभएर एक विश्वास पनि हो । यस्तोमा श्रीमान् श्रीमतीबिच हरेक कुराको साटासाट हुन आवश्यक छ । तर कतिपय यस्ता कुराहरू छन् जो आफ्नो श्रीमतीलाई पनि भन्नु हुँदैन । यस्ता कुरा श्रीमतीलाई शेयर गर्दा थप जटिलता आउन सक्छ । त्यसैले यी कुरा श्रीमतीलाई नभनेकै राम्रो हुन्छ । यी कुरा लुकाउँदा वा नभन्दा दाम्पत्य सम्बन्ध बिग्रँदैन न त पारिवारिक जीवन नै धरापमा पर्छ । त्यसैले केही कुरामा गोपनीयता अपनाएको राम्रो हुन्छ ।

यी हुन् श्रीमतीलाई भन्न नहुने ५ कुरा ?

१) श्रीमतीलाई तुलना

श्रीमानले आफूलाई सबैभन्दा बढी माया गरुन् र विशेष मानुन् भन्ने हरेक श्रीमतीको चाहाना हुन्छ । यस्तोमा ख्याल ठट्टामा होस् वा गहन छलफलका बिच आफ्नी श्रीमतीलाई अरूसँग तुलना गरेर कुनै कुरा भन्नु हुँदैन । उनीहरू आफ्नालागि विशेष छन् भन्ने महसुस गराउनु पर्दछ ।

२) परिवारका सदस्यबिचको नकारात्मक कुरा

एउटा घरपरिवार चलाउन वा एकताबद्ध बनाउन सुझबुझको आवश्यकता पर्दछ । यस्तोमा परिवारका सदस्यबिच हुने सानातिना खटपट वा एक अर्काले भनेको नकारात्मक कुराको ओहोरदोहोर गराउनु हुँदैन । त्यसैले कहिल्यै श्रीमतीसँग आफ्नै परिवारका सदस्यको कुरा काट्नु हुँदैन । बरु सबै मनमुटावको सम्बन्ध पनि मिठासमा बदल्न प्रयास गर्नु पर्दछ ।

३) कसैको चरित्र हत्या हुने कुरा

कुनै पनि श्रीमानले आफ्नी श्रीमतीसङ कसैको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु शोभनमय हुँदैन । यस्तोमा कसैको चरित्र ह,त्या हुने कुरा श्रीमतीलाई सुनाएर उ प्रति गलत धारणा बनाउन प्रेरित गर्नु हुँदैन ।

४) श्रीमतीका आफन्तको कुरा

हरेक व्यक्ति आफ्ना बाबुआमा अधिक प्रेम गर्छन् । त्यसैले आफ्नी श्रीमतीका परिवार वा आफन्तको नकारात्मक कुरा वा माइती पक्षको गलत कुरा गरिरहनु हुँदैन । ससुरालीलाई आफ्नै परिवार झैँ सम्मान दिन सक्नु पर्दछ । कुनै कुरा चित्त नबुझेको भए पनि यसमा सुझबुझका साथमा श्रीमती नभनी नहुने अवस्थामा मात्र भन्न सकिन्छ । तर सकेसम्म यस्ता कुरा श्रीमतीलाई नभनेकै राम्रो हुन्छ ।

५) अपमानको कुरा

यदि कतै कोही व्यक्ति वा घ,टनाक्रमबाट अप,मान भइएको छ भने यो कुरा श्रीमतीलाई नभन्दा उचित हुन्छ । महिलाहरू भावुक हुने भएकाले अपमानको कुराले उनीहरूलाई आघात पुराउँछ । त्यसैले यस्ता कुरा श्रीमती भन्नु भन्दा एक्लै सामना गर्ने प्रयास गर्नुपर्छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.