जर्सीकी अभिनेत्री मृणाललाई कोरोना संक्रमण

  • १९८
  • आइतबार, १८ पौष २०७८


काठमाडौं । बलिउडबाट अर्को नराम्रो खबर आएको छ । बलिउडका सेलिब्रेटीहरुलाई कोरोना संक्रमण हुने क्रम बढिरहेको छ । फिल्म जर्सीकी अभिनेत्री मृणाल ठाकुरलाई कोरोना संक्रमण भएको छ । मृणालले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई संक्रमण भएको जानकारी दिएकी हुन् । मृणालले आफूमा कोरोनाको हल्का लक्षण देखिएको बताइन् ।

अभिनेत्रीले पोस्टमा लेखेकी छिन्–मलाई कोभिड १९ पोजिटिभ भेटिएको छ । अहिले मलाई कोरोनाका हल्का लक्षणहरू छन्। तर मलाई राम्रो महसुस भइरहेको छ। यदि तपाईंहरू मध्ये कोही मेरो सम्पर्कमा हुनुहुन्छ भने, कृपया आफ्नो कोरोना परीक्षण गराउनुहोस्। सबैजना सुरक्षित रहनुहोस्। मृणाल ठाकुर पछिल्लो समय आफ्नो आगामी फिल्म जर्सीको प्रमोशनमा व्यस्त थिइन् ।

यद्यपी अभिनेत्रीको फिल्म अहिले स्थगित भएको छ । कोरोनाको बढ्दो केसका कारण जर्सी स्थगित गरिएको हो । फिल्म कहिले रिलिज हुने भन्ने बारे भने केही खुलाइएको छैन । जर्सीमा मृणालले शाहिद कपूरकी पत्नीको भूमिका निभाएकी छिन् । यो फिल्म स्पोर्ट्स ड्रामा हो जसमा शाहिद कपुर क्रिकेटर बनेका छन् ।

अर्कोतर्फ, कोरोनाको कुरा गर्ने हो भने बलिउडमा कोरोना तिब्र गतिमा फैलिरहेको छ । धेरै सेलिब्रेटीलाई कोरोना लागेको छ । करीना कपुर खानपछि अमृता अरोरा, अर्जुन कपुर, रिया कपुर, अंशुला कपुरलाई कोरोना भइसकेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.