तेमाल र बेलबारीमा वागीश्वरी कलेजको दुई वटा शिविर

  • १०६
  • मंगलवार, २० पौष २०७८


भक्तपुर । वागीश्वरी कलेजमा स्नातक तहमा समाजशास्त्र मूल विषय लिई अध्ययनरत प्रथम, दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूको तीनदिने समाजशास्त्रीय सामुदायिक शिविर काभ्रे जिल्लाको तेमाल गाउ“पालिकास्थित पोखरी नारायणस्थानमा सम्पन्न भयो ।

पुस १६ गते नारायणस्थान माविमा एक कार्यक्रमबीच उद्घाटन भएको सो कार्यक्रममा विद्यालयका प्रअ यज्ञप्रसाद दाहालले शिविरको सफलताको शुभकामना दि“दै वागीश्वरी कलेजले अध्ययन क्षेत्रको रूपमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक गरिमा बोकेको तेमाललाई रोज्नु एक महŒवपूर्ण कदम भएको चर्चा गर्नुभयो । कार्यक्रमपश्चात् समाजशास्त्रका विद्यार्थीहरूले तेमाल गाउ“पालिकाका विभिन्न क्षेत्रहरूमा सामाजिक नक्साङ्कन गरी सामाजिक अन्तरक्रिया र सर्वेक्षणको खाका निर्माण गरेका थिए ।

शिविरको दोस्रो दिन बिहान थोकरे गाउ“मा युवा पलायनले निम्तिएका समस्या, चुनौती र अवसरका विषयमा तथा पोखरी नारायणस्थानमा परिवर्तित समाज र ज्येष्ठ नागरिकका व्यथा विषयमा सामाजिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
शिविरको समापन कार्यक्रममा अतिथि प्रहरी सहायक निरिक्षक हिराबहादुर श्रेष्ठले शैक्षिकरूपमा तामाङ समुदायमा व्यापक परिवर्तन नआएकोले अझै पनि बालविवाहको समस्या यथावत् रहेको जानकारी दिनुभयो । नारायण स्वास्थ्य चौकीका प्रमुख

मीनमाया मोक्तानले तेमालको स्वास्थ्य अवस्था र जनताको बिस्तारै आइरहेको स्वास्थ्य चेतनाको बारेमा बोल्नुभएको थियो । विद्यालयका प्रअ यज्ञप्रसाद दाहालले शिविरले समग्रमा तेमाल गाउ“पालिकामा शैक्षिक सामाजिक विषयवस्तुमा नया“ आयाम र ऊर्जा थपिएको कुरा बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूलाई अतिथिहरूद्वारा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यस्तै स्नातक तह बीएसडब्लू तेस्रो वर्षमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुको ५ दिने शिविर मोरङस्थित बेलबारी नगरपालिकामा सम्पन्न भयो ।

कार्यक्रमको समापन कार्यक्रममा बलबारी नगरपालिका, मोरङका उपप्रमुख ढाका कुमारी पराजुलीले २१ औं शताब्दीको शिक्षाले समाज र देश निर्माण हुने भएकोले विद्यार्थीहरुमा नेतृत्व विकास हुनुपर्नेमा जोड दिनुभयो । “सिकाई निरन्तर हुनुपर्दछ, सीप र क्षमता विकासले व्यक्तित्व निर्माण हुन्छ ।” उहा“ले भन्नुभयो । कार्यक्रममा विषय शिक्षक मङ्गलेश्वर ध्वजूले मोरङलगायत सिंगो प्रदेश नं. १ नै सामाजिक कार्यको धेरै सम्भावना भएको क्षेत्र भएकोले विद्यार्थीहरुले शिविरमा सिकेका विषयहरु सम्बन्धित क्षेत्रमा परेका प्रभाव र रुपान्तरणमा अझ गम्भिर बनेर अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी राजकुमार लिम्बु, महेन्द्र माविका प्रअ दिक्षा दुम्सा, धिमाल समुदायका प्रतिनिधि नगेन्द्र धिमाल, बेतना दैनिक अखबारमा सम्पादक नरेन्द्र बस्नेत, वागीश्वरी कलेजका शिक्षक भानुभक्त हुमागाईले पनि बोल्नुभएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.