ब्रम्हायणी र च्याम्हासिंहमा खाद्य पसल र मिनिमार्ट अनुगमन

  • ३३७
  • मंगलवार, २० पौष २०७८

 

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य सचिव दिलिपकुमार सुवालको नेतृत्वमा खाद्य पसल र मिनिमार्ट तीन वटा अनुगमन भयो ।अनुगमनमा ब्रम्हायणीमा रहेको देगइना स्टोर नविकरण गर्नुपर्ने, म्याद नाघेको सामानहरु मिक्स अचार ६ पाकेट जफत गरी नष्ट गरियो भने तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।

त्यस्तै च्याम्हासिंहमा रहेको नमस्ते किराना स्टोर मिनिमार्ट अपग्रेड गरी दर्ता नविकरण गर्नुपर्ने, म्याद नाघेको सामानहरु फ्रुट केक १ पाकेट, ड्राइमिट पचास ग्रामको ३ पाकेट र पा“च सय ग्रामको १ पाकेट, गुडपाक १ बट्टा, बटर बुन बिस्कुट ३ पाकेट, कोको क्रन्च ३ पाकेट, गुगली बिस्कुट १ पाकेट, ग्रिन चिल्ली पिकल अचार १ बट्टा, कुल कोको १ वटा, विजिम पेष्टा १ पाकेट, खजुरी कुकिज् २ पाकेट, पिनट्स खजुरी २ पाकेट, पार्ली जि विस्कुट १३ पाकेट, विटा मारि विस्कुट ५ पाकेट जफत गरी नष्ट गरियो भने उक्त पसलमा जीत तेलको हातले लेखेको लेबलिड्ड भएकोले त्यस्तो बेचविखन नगर्न र प्रिन्टेड लेबल राख्न, पाकेजिड्ड सामानहरु गेडागुडी, दाल लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको, तराजु नापतौल विभागमा नविकरण गर्न, स्टाफहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो ।

त्यस्तै नाइन स्टार शपिड्ड सेन्टरमा मिनिमार्टमा अपग्रेड गर्नुपर्ने, पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको र म्याद नाघेको र विग्रेको सामानहरु खजुरी विस्कुट १२ पाकेट, रसगुला २ बट्टा, भुजिया १ पाकेट खाप्सा मिन्कि १ पाकेट जफत गरि नष्ट गरिएको कुरा वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।

अनुगमनमा वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबि व्याञ्जू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल, जिल्ला प्रशासन कार्यालय भक्तपुरका सुमन पोखरेल, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा“, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक निशा थापाको सहभागी थियो 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.