किसान सहकारीको २१ औं साधारण सभा सम्पन्न

  • १७१
  • आइतबार, २५ पौष २०७८


मध्यपुर थिमि । किसान बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिले आर्थिक बर्ष २०७७÷७८ मा ६ लाख १७ हजार ८ सय ४७ रुपैयाँ सञ्चालन नाफा गरेको समेत जानकारी दिनुभएको थियो । पुस २४ गते शनिवार सम्पन्न २१ औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष नरेश श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हो ।

सभामा संस्थाका अध्यक्ष नरेश श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले आव २०७६÷७७ को अन्तसम्ममा १ हजार ९ सय १० जना शेयर सदस्यहरूबाट १ करोड ८१ लाख ७९ हजार ३ सय रूपैयाँ शेयर रकम संकलन गरेको भन्दै विभिन्न शिर्षकका बचत खाताबाट १२ करोड ६८ लाख ३३ हजार ७ सय ९७ रूपैयाँ बचत संकलन गरेर १२ करोड ४६ लाख ८८ हजार ६ सय ६१ रूपैयाँ ऋण समेत लगानी गरेको बताउनुभयो ।

प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णलाल भँडेलले उद्घाटन गर्नु भएको सो सभामा उत्कृष्ट कर्मचारी उपेन्द्र श्रेष्ठ, उत्कृष्ट बचतकर्ता शोभा श्रेष्ठ, उत्कृष्ट ऋणी प्रेमसुन्दरी श्रेष्ठ, उत्कष्ट शेयरकर्ता श्यामसुन्दर श्रेष्ठ र लखपति बचत खाता योजनाका सदस्यहरूलाई समेत विशेष सम्मान गर्नु भएको सो अवसरमा बालप्रेमी माविका तुल्सी श्रेष्ठ, कृष्ण कपाली र रूबिना प्रजापतिलाई छात्रवृत्ति समेत प्रदान गर्नु भएको थियो भने संस्थाका २० जना बाल बचतकर्तालाई समेत उपहार प्रदान गरेको भएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.