नेपाल नापित समाजको कन्द्रिय अध्यक्षमा राजन नापित

  • १८८
  • मंगलवार, २७ पौष २०७८


मध्यपुर थिमि । नेपाल नापित समाज केन्द्रीय कार्यसमितिको पुस २४ गते शनिवार चौथौ अधिवेशन तथा बाह्रौ बार्षिक साधारणसभाले आगामी ३ बर्षका लागि राजन नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन अधिकृत प्रविण नापितले दिनुभएको जानकारी अनुसार निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष ज्ञानबहादुर नापित, महासचिव श्यामहरी नापित, सचिव राजेन्द्र नापित, कोषाध्यक्ष माधव नापितलगायतका रहेका छन् भने सदस्यहरूमा क्रमशः गोबिन्द नापित, राजेन्द्र नापित, मेलिना नापित, पबित्रा नापित, पुष्प नापित, निलकमल नापितलगायतका रहेका छन् ।

मध्यपुर थिमिमा सम्पन्न सभाको उद्घाटन गर्नुहुँदै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नापित समुदायको पेशा सम्वर्दन र संरक्षण तथा आधुनिककरण गर्न आवश्यक तालिमको लागि सक्दो सहयोग गर्न नगरपालिका तयार रहेको समेत बताउनुभयो । समाजका अध्यक्ष नारायण नापितको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले समाजको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मका बारेमा विविध पक्षका बारेमा प्रकाश पार्नु भएको थियो । सभामा नापित समुदायका ४० जना भिमरथारोहण गरेको जेष्ठ नागरिकहरूलाई समेत विशेष सम्मान गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.