मल र विउविजन पसल अनुगमन

  • ८७
  • मंगलवार, २७ पौष २०७८


भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मल र विउविजन पसल ४ वटा अनुगमन भयो । मल खुद्रा विक्रि गर्दा मंहगो गरी बढी मुल्य लिएको र म्याद नाघेको विउविजन र विषादी विक्रि वितरण गरेको गुनासो आएकोले अनुगमन गरेको बताउनुभयो । मल तथा विउविजन पसलेहरुले म्याद नाघेको विषादीहरु कम्पनीले फिर्ता नलिने र नष्ट गर्न पनि समस्या भएकोले सरकारले म्याद नाघेको विषादी नष्ट गर्न पहल गर्नुपर्ने गुनासो समेत गरेको थियो ।

अनुगमनमा माजसु कृषि सहकारी संस्थामा मल विक्रिमा विल दिने प्रकृया गर्ने, संस्था नविकरण नभए नविकरण गर्ने, नगरपालिकाले निर्धारण गरेको मुल्य सूचि अनुसार विक्रिवितरण गर्ने, म्याद नाघेको ग्रास किल १ पाकेट विषादी र धानको विउ डि वाइ १८ पनि १ पाकेट भेटिएकोले म्याद नाघेको सामानहरु छुट्टै राख्ने र विक्रि गर्ने स्थानमा नराख्ने सुझाब दियो ।
छुमा गणेश एग्रो सेन्टनर दर्ता नभए दर्ता गर्ने र दर्ता भए नविकरण गर्ने, तराजु नापतौल विभागमा नविकरण गर्नुपर्ने, मुल्य सुचि राख्नु पर्ने, म्याद नाघेको विउविजन, मल र विषादीहरु नख्खु सिड्स धनियाको विउ १ पाकेट, दुर्गा सिडस् चमसुरको विउ १० पाकेट, सिजि सिडस् मार्फा रायोको विउ ६ पाकेट, अर्जुन एफ १ फर्सिको विउ १ पाकेट, एसिमेटाप विषादी ४ पाकेट, जेमिन २ पाकेट, साइबोल्ट १२ पाकेट, कोनिका २ पाकेट, उथान एम ४५को १ पाकेट, जि तुफान १ पाकेट, रोको १ पाकेट जफत गरी नष्ट गरियो ।

प्रगति एग्रो विउ भण्डार २०७६÷०७७ देखि नविकरण नभएकोले नविकरण गर्न, मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न, म्याद नाघेको सामानहरु दुर्गा सिडस धनिया ८ पाकेट, पि किफेन
विषादी २ पाकेट जफत गरी नष्ट गरियो भने मल महंगोमा विक्रि वितरण भएको गुनासो आएकोले मंहगोमा विक्रि वितरण नगर्न निर्देशन दियो । जय महाकाली विउविजन भण्डार पसल दर्ता नभए दर्ता गर्न र दर्ता भए नविकरण गर्न, मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न, मल महंगोमा विक्रि वितरण नगर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा सदस्य रोशन मैंया सुवाल, भनपा श्यानिटेशन उपशाखाका प्रमुख न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबि व्याञ्जू, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापति, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक लोकेन्द्र बहादुर सिंह र सन्तोष अधिकारीको सहभागी थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.