भक्तपुर नगरपालिका स्थानीय स्काउटको दिक्षान्त समारोह

  • ३७
  • मंगलवार, २७ पौष २०७८


भक्तपुर । भक्तपुर नगरपालिका स्थानीय स्काउटको दिक्षान्त समारोहसम्पन्न भएको छ । आज सम्पन्नउक्त समारोहमा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख स्काउट नपाका उपप्रमुख रजनी जोशी र सदस्य सचिव नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दिक्षित गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख एवम् नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक सुनिल प्रजापतिले संकटको समयमा निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्नु नै स्वयम्सेवा भएको बताउनुहुँदै संकटको समयमा नेपाल स्काउटका गतिविधिले अझ व्यापकता लिने विश्वास लिनुभयो । देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धिसम्झौताको विषयमा स्काउटरहरुले जानकारी राख्नुपर्ने र देशघाती सम्झौताको विरुद्धमा आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले भक्तपुर नगरपालिका स्थानीय स्काउट तदर्थ समितिलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशको भविष्य युवा पुस्ताको हातमा हुने बताउनुहुँदै प्रमुख प्रजापतिले संकटको समयमा साहसिक कामको लागि नेपाल स्काउटले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । उहाँले कोभिड महामारी नियन्त्रणमा भक्तपुर नपाले स्काउट परिचालन गरी विविध गतिविधिहरुलाई जोड दिँदै आएको बताउनुहुँदै भक्तपुर नपाले स्काउट परिचालन गरी पाक्षिक सरसफाइको अभियान सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट एउटा स्वयम्सेवी संस्था भएको बताउनुहुँदै नेपालको ७५३ वटै स्थानीय तहमा नेपाल स्काउट गठन भइसकेको जानकारी गराउनुभयो । स्थानीय तहका बालबालिकाको संरक्षण गर्न र स्काउटिङ शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले यसले विद्यार्थीहरुलाई समुदायमा गएर काम गर्न प्रेरित गर्ने बताउनुभयो । भक्तपुर नपाका उपप्रमुख तथा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय प्रमुख स्काउट रजनी जोशीलेअनुशासन र इमानदारिता असल विद्यार्थीको पहिचान भएको बताउनुहुँदै सभ्य समाज निर्माण गर्न र इमानदार नागरिक तयार गर्न नेपाल स्काउटको भूमिका प्रशंसनीय छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् स्थानीय स्काउट सदस्य सचिव कृष्णप्रसाद कर्माचायलेनेपाल स्काउटबाट दिक्षित हुन पाउँदा गौरवान्वित महसुस भएको बताउनुहुँदै नेपाल स्काउटले विद्यार्थीहरुलाई मन, वचन र कर्मले निःस्वार्थ रुपमा जनता र समुदायको सेवा गर्न उत्प्रेरित गरिरहेको बताउनुभयो । नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संयोजक कृष्णसुन्दर प्रजापतिले नेपाल स्काउटले शैक्षिक अभियानको रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै युवाहरुलाई कुलतबाट जोगाउन स्काउटको भूमिका खेलिरहेको बताउनुभयो । कार्यक्रममा स्काउटमास्टर मतिना त्वानाबासुले पनि बोल्नुभएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.