रामकृष्ण प्रजापति
पारिजातक राजपुत्री पारिजात
अगाध सूर्यसंग प्रेम
सूर्यबाट तिरस्कृत
प्रेमको अलापमा आत्महत्या
दाहसंस्कार पछि
खरानीबाट पैदा भएको बनस्पति
पारिजात स्वयम् जान्दछ
ऊ कति उपयोगी छ ।
नाकको फुलीझैं फक्रिएको
चाँदी जस्तै टल्केको
सुन्तले रंगको नली
सबै मोहित हुने सुगन्ध
रातको महक
रातकी रानी पारिजात
रातको सन्नाटामा
बोटै भरी फुल्ने
सूर्यलाई बैरीमानी
सूर्योदय अगाडि नै झर्ने
सायद,
सूर्यलाई तिरस्कृत गर्दै
फुल्नै नपाई ओइली झर्ने
देवी देवतादेखि सबैको प्रिय
बोटमा टिपे पाप लाग्ने
त्यसैले,
बटुल्न साँझैपख
बोटमुनि चोखो कपडा
वा नाङ्लो ओछ्याउने
कस्तो विडम्बना
रातमा फुल्ने दुखित वृक्ष
पारिजात,
बहु उपयोगी ओखति मुलो
यसमा रहेको तत्वहरु
मानव जीवनमा लाभकारी ।
जीवन दिने पारिजात
समाज सुव्यवस्थित गर्ने
आर्दश समाज बनाउने
पारिजात जस्तै नेमकिपा
प्रकाशस्तम्भको रुपमा रहेको
खोटा विचारको खण्डन
समाजवाद हुँदै साम्यवाद पुग्ने
समाजशास्त्रका पथप्रर्दशक
राजनीति शास्त्रका अगुवा
देशभक्ति अनुपम उदाहरणीय
नेमकिपा
४८ औं बर्षगाँठको शुभकामना !
धन्यवाद !