राप्रपामा २४ जना पदाधिकारीमा मनोनित, को-को परे ?

  • ११४
  • आइतबार, १६ माघ २०७८
 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जनालाई पदाधिकारीमा मनोनित गरेका छन् ।लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गरेका हुन् । 

जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् । यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् । 

यस्तै सह महामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राइ मनोनित भएका छन् । 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.