उत्पत्तिको प्रमाण पत्र सम्बन्धी तालिम

  • १४३
  • आइतबार, ८ फाल्गुण २०७८


भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघद्वारा नेपाल सरकार, भन्सार विभाग तथा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाण पत्रजारी गर्ने अनलाइन प्रणाली सम्बन्धी एक दिने तालिमको आयोजना गरिएको छ । नेपालमा उत्पादित बस्तुहरु तेश्रो मुलुक, साफ्टा एवं साप्टा अन्तर्गतका मुलुकलगायत भारत निकासी गर्दा उत्पत्तिको प्रमाण पत्र जारी गर्नुपर्दछ ।
तालिमका सहभागीहरुलाई संघका बरिष्ठ उपाध्यक्षश्री रोशनी मैयाँ धौबन्जाले एक कार्यक्रमबीच स्वागत गर्नु भयो । वहाँले भक्तपुर उद्योग वाणिज्य संघदिगो पर्यटन, निर्यात मूखी हस्तकला र व्यवसायिक कृषिको प्रवद्र्धनमा विशेष ध्यान पु¥याउँदै त्यस अनुरुप कार्य दिशा निर्धारण गर्दै अघि बढी रहेको छ भन्दै भक्तपुर जिल्लाका उत्पादनहरुलाई विश्व बजारसम्म पु¥याउन सघाउनु हाम्रो दायित्व पनि हो,यसमा हामी कटिबद्ध छौं भन्नु भयो । साथै विद्युतीय माध्यमबाट उत्पत्तिको प्रमाण पत्रजारी गर्दा समयको बचत हुनुको साथै प्रभावकारी समेत हुने भएकोले यो प्रणाली एकदम उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक श्री विष्णु अधिकारी ले विद्युतीय प्रणालीबाट उत्पत्तिको प्रमाण पत्रजारी हुँदा व्यवसायीहरुलाई तुलनात्मक रुपमा सहज हुने र नेपाल सरकारले यो प्रणाली व्यवहारमा लागू गरिसकेको हुँदा सबैले यसलाई प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा संघका महासचिव श्री दिनेश गोसाइले पनि कार्यक्रमको महत्वबारे प्रकाश पार्नु भएको थियो भने संघका कार्य समिति सदस्य एवं हस्तकला विकास तथा निर्यात प्रबद्र्धन उप समितिका संयोजक श्री लब्साङ्ग लामाले कार्यक्रमको आयोजनामा सघाउने नेपाल सरकार, भन्सार विभाग तथा नेपालउद्योग वाणिज्य महासंघको योगदानको स¥हाहना गर्न चाहन्छु भन्दै आगामी दिनमा पनि अरु व्यवसायीहरुलाई यस किसिमको तालिमको आवश्यकता परेको खण्डमा पुनःआयोजनागर्दै जाने बताउनु भयो ।

कार्यक्रममा भन्सार विभागका अधिकृत श्री ईश्वर सिंह र नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत श्री मिलव श्रेष्ठले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.