मध्यपुर थिमि । छाला रोग सम्बन्धी सम्पूर्ण सेवाहरु एकै स्थानबाट प्रदान गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिका वडा नं. ३ नयाँ गठ्ठाघर चोक कृषि विकास बैकसँगै लुसेन्ट स्क्रीन एण्ड हेयर क्लिनिक सञ्चालनमा ल्याएको छ । छाला रोग विशेषज्ञ डा. अभिषेक विलास पन्त, डा. पुकार चापागाई र डा. समिर खड्काले सञ्चालनमा ल्याएको उक्त क्लिनिकमा न्युन शुल्कमा गुणस्तरीय आधुनिक उपकरण सहितले डण्डिफोर, चायाँपोतो, कोठी, मुसा, दुबी, चाउरीपना, कपाल झरेको, यौन रोग तथा सौन्दर्य सम्बन्धी सेवा दिने जनाएको छ ।
यसैबीच सोही क्लिनिकले फागुन २१ गते शनिवार छाला रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । छाला रोग सम्बन्धी ज्ञानको अभावले गर्दा अहिले दिनप्रतिदिन छाला रोगका विरामीहरु बढ्दै गईरहेको अवस्थामा तथा छाला रोग सम्बन्धी व्यापक जनचेतना जगाउने उद्देश्यले उक्त शिविरको आयोजना गरेको क्लिनिकका छाला रोग चिकित्सक डा. समिर खड्काले बताउनुभयो । उहाँले उक्त शिविरमा स्थानीय ४५ जनाको छाला रोग परिक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरेको बताउनुभयो ।
त्यसैगरी अर्का छाला रोग विशेषज्ञ डा. अभिषेक विलास पन्तले अहिले आमा मानिसहरु आप्mनो छाला राम्रो बनाउने भन्दै जथाभावी रुपमा छाला सम्बन्धी मलम, औषधी तथा कस्मेटिक सामानहरुको बढ्दो प्रयोगले समेत छाला रोगका विरामीहरु बढ्दै गईरहेको भन्दै त्यस्तालाई रोग समेत यस प्रकारको शिविरले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले आगामी फागुन २४ गते नारी दिवसको अवसर पारेर पनि नारीहरुलाई मात्र लक्षित गर्दै छाला रोग सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्ने बताउनुभयो ।