गण्डकी प्रदेशका मन्त्रालयमा आर्थिक बेथिति

  • ३२७
  • शुक्रबार, २० बैशाख २०७६

कास्की। गण्डकी प्रदेशका ६ मन्त्रालय र प्रदेश सभा सचिवालयले सार्वजनिक खरिद नियमावली र आर्थिक कार्यविधि नियमावली छलेर आर्थिक कारोबार गरेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक सबै मन्त्रालयले नियम मिचेर खर्च गरेका हुन् ।

यी कार्यालयले खर्च गरेको दुई करोड ३४ लाख २८ हजार बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७४र७५ मा यी निकायले सार्वजनिक खरिद ऐन छल्दै सामान खरिद गरेका छन् भने नियमावलीविपरीत अर्को शीर्षकमा खर्च गरेका छन् ।

पाँच मन्त्रालय र प्रदेश सभा सचिवालयले सीधै र दुई मन्त्रालयले फरक शीर्षक राखी सामान खरिद गरेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी विष्णुप्रसाद रिजालले जानकारी दिए ।

सामान खरिद गर्दा बोलपत्रमार्फत नभई सीधै खरिद गरेकाले त्यो खर्चलाई अनियमित बेरुजुमा राखिएको उनले बताए ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.