आइएससँग विहे गरेकी शामिमा बंगलादेश गएमा मृत्युदण्ड हुन सक्ने

  • २०३
  • आइतबार, २२ बैशाख २०७६

ढाका । इश्लामिक स्टेट(आइएस)की दुलही भएकी शामिमा बेगम बंगलादेश फर्किएमा उनलाई मृत्यु दण्डको सजाय हुन सक्ने बंगलादेशका विदेशमन्त्रीले बताएका छन् । बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनले बीबीसीसँगको कुराकानीमा बेगमसँग आफ्नो देशले केही गर्नु नरहेको समेत जनाएका छन् ।

१९ वर्षीया बेगमले पूर्वी लण्डन छोडेर सन् २०१५मा आइएस प्रवेश गरेकी थिइन् । उनको बेलायती नागरिकता गएको फेब्रुअरीमा रद्ध गरिएको थियो । अन्तर्राष्ट्रिय मान्यताअनुसार कसैलाई पनि राज्यविहीन बनाउन नपाइने अन्तर्राष्ट्रिय कानुनका विज्ञले बताउँदै आएका छन् ।

बेगमले बेलायतको गृह मन्त्रालयको निवेदनविरुद्ध पुनरावेदन गरिरहेकी छन् । बेगम बंगलादेशी मूलको भएपनि उनले यसअघि बंगलादेशको नागरिकता लिएकी थिइनन् । उनका बाबुआमाले नै बेलायती नागरिकता लिएका थिए ।

यो मामिलामा बेलायत सरकार नै जिम्मेवार रहेको र उसैले निर्णय गर्नुपर्ने बंगलादेशी विदेशमन्त्रीले बताएका छन् । बेगमलाई बंगलादेशी नागरिकता दिने सवालै नउठ्ने समेत विदेशमन्त्रीले बताएका छन् ।

बेगम बंगलादेश आउन चाहेमा उनी आतंकवादविरुद्ध शून्य सहनशीलताको नीतिले बाँधिने समेत बंगलादेशका विदेशमन्त्रीले बताएका छन् । बंगलादेशी कानुन निकै प्रष्ट रहेको र आतंककारीले मृत्युदण्डको सजाय भोग्नुपर्ने विदेशमन्त्रीले बताएका छन् ।

बेगम सिरिया गएको भएपनि उनी कुनै आतंकवादी गतिविधिमा भने संलग्न भएको नपाइएको जनाइएको छ । बंगलादेशी विदेशमन्त्रीको भनाईमा आफ्नो कुनै प्रतिक्रिया नरहेको बेलायती गृहमन्त्रालयका अधिकारीले बीबीसीसँगको कुराकानीमा जनाएका छन् ।

बेगम दुई जना साथीसहित सन् २०१५मा त्यसतर्फ गएकी थिइन् । उनले गएको मार्च महिनामा सराह नाम राखिएका छोरालाई जन्म दिएकी थिइन् । तर तीन साता भन्दा कम समयमा नै निमोनियाका कारण उनको मृत्यु भएको थियो ।

उनका अन्य दुई बच्चाको पनि पहिला नै मृत्यु भएको थियो । उनको बच्चा बेलायत ल्याउन नपाएर मृत्यु भएको विषयलाई लिएर बेलायत सरकारको त्यतिबेला आलोचना समेत भएको थियो । (बीबीसीबाट)

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.