इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार पुग्योः हमास

  • ३८३
  • मंगलवार, १९ मंसिर २०८०

काठमाडौं । इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बीबीसीका अनुसार मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म थप ३४९ जनाको मृत्यु भएको जनाएको छ ।मन्त्रालयका अनुसार अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालय हमासले सञ्चालन गरिरहेको छ ।

मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका हमासले जनाएको छ ।

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गर्दा १२०० इजरायलीको मृत्यु भएको थियो । हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा फर्काएको थियो ।

लगत्तै इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ ।

शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com