कर सम्बन्धि अन्तरक्रिया सम्पन

  • ८४
  • मंगलवार, ४ मंसिर २०८१


राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजश्व कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा कर शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन भयो । सो अवसरमा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले साना करदाताहरुलाई परेको विभिन्न समस्याहरुबारे अवगत गराउँदै विगतमा पनि संघको पहलमा साना व्यवशायीहरुको समस्या समाधानको लागि सहजीकरण गरिदिएको स्मरण गर्दै यो बर्षको राजश्व कार्यालयको कर प्रणालिमा विगतमा राजश्व तिरेका उद्यमी व्यवशायीहरुको कर बक्यौता देखाएको बारे समयमै सम्बोधन गर्न अनुरोध गर्नुभयो । साथै यो बर्ष सघले हालसम्म ३०० भन्दा बढी उद्यमी व्यवशायीहरुको कर तिर्न ,नयाँ प्यान दर्ता गर्न र उद्यमीको कर खारेज गर्न सहजीकरण गरिदिएको जानकारी गराउँदै यसरी नै संघ सगको सहकार्यमा समय समयमा कर सचेतना कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा कर कार्यालयका प्रमुख कर अधिकृत दिलिप गौतमले साना उद्यमीहरुले कर दाखिला गर्ने डे१, डे२ र डे३ सम्बन्धि जानकरी गराउनुका साथै बास्तविक आयव्यय विवरण नबुझाउँदा मिक्सम्याचमा पर्न सक्ने र मिक्सम्याचको जरिवाना धेरै हुने भएकोले बास्तविक आयव्यय बुझाउन हुन अनुरोध गर्नुका साथै यो बर्ष आयकर ऐनले दिएका छुट सुविधा ,एच्छिक भ्याट तथा अनिवार्य भ्याट विषयमा पनि जानकारी गराउनु भयो भने नेपाल भरी र भक्तपुरको कार्यालयमा पनि भक्तपुर घरेलु तथा साना उद्योग संघले गत श्रावणमा जानकारी गराएको विगतमा कर तिरेको प्रमाण हुन्दा पनि कर प्रणालिमा कर बक्यौदा देखाएको सम्बन्धमा विभागमा परिपत्र पश्चात सो सम्बन्धि कर कार्यालयको सफ्टवेयरमा नै अधावधि गर्ने कार्य भईरहेको र सो सफ्टवेयर अधावधि हुनासाथ संघ मार्फत सम्पुर्ण करदातालाई जानकारी गराउने बताउनु भयो ।साथै उहाँले कर शिक्षाको जानकारी नहुन्दा कर बाट डर पैदा भई रहेको र जसबाट केही व्यक्तिले फाईदा लिईरहको कारण यस्ता कर शिक्षा वा कर सचेतना कार्यक्रम संघको पहलमा स्थानीय निकायको वडा वडा तथा सहकारीमा लग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले विगतमा संघकै पहलमा थ्रेसहोल्ड नितिमा सुधार आएको जानकारी गराउँदै साना करदाताहरुलाई लेखा प्रणालि राख्न संघले विभिन्न शैक्षिक सस्थानहरु सँग सहकार्य गरिरहेको हुन्दा सो सम्बन्धि थप जानकारीको लागि संघमा सम्पर्क राख्न अनुरोध गर्नुका साथै कर दिवसको उपलक्ष्यमा ठुला करदाताहरुलाई मात्र नभई साना करदाताहरुलाई पनि सम्मान गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जु जु धौ व्यवशायी कृष्ण गोपाल सैजू, भादगाउँले टोपी संघका सिताराम श्रेष्ठ, काष्ठकलाका गणेशमान राजचल ,मध्यपुर थिमीका जनप्रतिनिधि ,महिला उद्यमी समितिका देवका श्रेष्ठ, खाद्यन्न व्यवशायी उर्मिला श्रेष्ठ तथा सिलाई व्यवशायी सुष्मा श्रेष्ठ ग्यास बिक्रेता राजकुमार प्रजापति लगायत सहभागीहरुले आ आफ्नो व्यवशायमा परिरहेको समस्या सम्वन्धमा राख्नु भएको प्रश्न सम्बन्धमा कर अधिकृत दिलिप गौतमले जवाफ दिनुभएको थियो ।कार्यक्रममा संघका आवद्ध करिव ६० जना साना उद्यमी व्यवशायीहरुको सहभागिता रहेको थियो ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com