ओलीको दाबी : अरूले एक वर्षमा गर्ने काम एमाले सरकारले दुई दिनमा गर्छ

  • १९७
  • शनिबार, २३ मंसिर २०८०


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सरकारले एक बर्षमा गर्ने काम एमालेले दुई दिनमा गर्नसक्ने दाबी गरेका छन् ।


एमालेको मध्यपहाडी यात्रा अन्र्तगत लमजुङको सुन्दरबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूले सरकार चलाउँदा उत्पादन वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्याएको बताए ।

 

उनले भने, एमालेको सरकार बन्नुअघि बर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एकैदिनमा गर्यो। अरुले एक बर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो । तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ ।

उनले एमाले बाहेक अरुले सुरु गरेको काम गर्न नसक्ने उनको भनाइ छ । राष्ट्रियताको सवालमा पनि एमालेबाहेक अरु कसैले रक्षा गर्न नसक्ने बताए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com