सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो खस्यो, २ जना बेपत्ता

  • १०१
  • मंगलवार, १० भाद्र २०८२


काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ ।
तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१ च ७५४४ को बोलेरो सड्कबाट भोटेकोशी नदीमा खस्दा दुर्घटना हुँदा चालक र सहचालक बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार बोलेरो भोटेकोशीमा खसेर सर्लाही बरथहवा नगरपालिका २ बस्ने २३ वर्षीय राजेश कुमार कुसवाह –चालक० र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) बेपत्ता भएका छन् ।
उनीहरूलाई भोटेकोशीले बगाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको बोलेरोलाई स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा १ जना पुरुष व्यक्तिको शव भोटेकोशी नदीले बगाएको र अर्को शव पहिलेनै बगाएको हुनसक्ने प्रहरीले जनाएको छ । भोटेकोशीले बगाएको व्यक्तिको शव प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसेले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com