मध्यपुर थिमी नगरपालिकाको बाहखाबजार बुधवारबाट बुलेट बाईकको ६ दिने एक्सचेञ्च मेला सुरु

  • १६०
  • बुधबार, ११ भाद्र २०८२

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको बाहखाबजार बुधवारबाट बुलेट बाईकको ६ दिने एक्सचेञ्च मेला सुरु भएको छ । भाद्र ११ गते बुधबारबाट बुलेट बाईकको ६ दिने एक्सचेञ्च मेला सुरु भएको हो ।

भाद्र ११ गते देखी १६ गतेसम्म फाइनान्सको सुबिधा सहित बुलेट बाईकको एक्सचेञ्च मेला संचालन गरिने रोयल इनफिल्ड शोरुम भक्तपुर सल्लाघारी भिंटाज मोटो क्याफे प्रा।लि।का संचालक दिनेश कासुलाले जानकारी दिएका छन् । संचालक कासुलाका अनुसार रोयल इनफिल्ड ९बुलेट० बाइकको यो एक्सचेन्ज मेला नेपाल मै पहिलो पटक भएको हो । बुलेट बाइक लिदा किस्ताबन्दी ४० प्रतिशत डाउन पेइमेन्ट गरेर ३६ महिना सम्मको सुविधा रहेको कासुलाले बताए । नेपालमा पनि २५ वटा बुलेट बाइकका सोरुमहरु रहेको उनले बताए ।
सन १९०१ देखि उत्पादन हुदै आएको १ सय २५ बर्ष ईतिहास बोकेको बाइट यो नै पहिलो बाईक भएको उनको भनाई छ । यो बाइट एन्भान्चरस बाइक भएकाले रोयक इनफिल्ड बाइक लाइफ स्टाइल बाइक भएको उनले बताए । यो बाइक नेपालमै एसेम्वल हुन्छ ।

बुलेट बाइक चलाउन चाहनेहरुले यो मेला अवधिभरि कुनै पनि कम्पनीको बाइक लिएर आएमा राम्रो मूल्यङ्कण गरि एक्सचेञ्च गरि दिने ब्यवस्था रहेको र फाइनान्सको पनि राम्रो ब्यवस्था रहेको कासुलाले जनाए । उनका अनुसार बुलेट बाइकहरुको पार्ट सर्भिसिङमा पनि राम्रो सुविधा र ब्यवस्था रहेको छ ।


यस कम्पनीले बाइक मात्र होइन बाइक चलाउन्दा सुरक्षाको लागि चाहिने सम्पूर्ण सामानहरु पनि सुपथ मुल्यमा उपलब्ध गराउने भिंटाज मोटो क्याफे प्रा।लि।का इन्चार्ज बबिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार एक्सचेन्ज मेलामा चार वटा भेरेन्टका ७ वटा कलरका बाइकहरु उपलब्ध रहेको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com