काठमाडौं । घरजग्गा व्यवसायीहरूले नेपाल राष्ट्र बैंकले माद्रिक नीतिको समीक्षाबाट घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि यसले खासै असर नपर्ने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका विषयमा प्रतिक्रिया दिँदै घरजग्गा व्यवसायीले यस्तो बताएका हुन् ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मौद्रिक नीतिको समीक्षाले घरजग्गा कारोबारमा खासै परिवर्तन आउन नसक्ने बताए । उनले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गर्दैमा कारोबार बढ्ने अपेक्षा गर्न नसकिने बताए ।