एस्टन भिल्लासँग आर्सनलको हार

  • १४१
  • आइतबार, २४ मंसिर २०८०


काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लासँग हार ब्यहोरेको छ । शनिबार राति आर्सनलले एस्टन भिल्लासँग १–० को हार ब्यहोरेको हो ।

भिल्ला क्लबसँगको हारले आर्सनलले शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ । एस्टन भिल्लाले भने शीर्ष स्थानको लिभरपुलसँगको दुरी २ अंकमा झारेको छ ।


भिल्ला क्लबकालागि जोन मेकगिनले विजयी गोल गरे । लियोन बेलीको क्रसलाई नियन्त्रणमा लिदै उनले बललाई पोस्टको दिशा दिएका थिए ।

खेलको अन्तिममा काइ हभार्ट्जको गोल रेफ्रीले हेन्ड बलको कारण देखाउँदै मान्यता दिएनन् ।

आर्सनलको सबै प्रतियोगिता लगातार ६ जितको यात्रामा पूर्णविराम लागेको छ ।

भिल्ला क्लब ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको आर्सनलको ३६ अंक छ । शीर्ष स्थानको लिभरपुलको ३७ अंक छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com