रोकी राखेको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

  • १४६
  • सोमबार, १५ साउन २०८०

मकवानपुरमा सडकमा रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए।

उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी कार्कीले बताए।

प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको जनाएको छ

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com